दशैंमा पहाड जानका लागि टिकट पाउनै सकस, अत्तरिया बसपार्कमा पहाडजानेको भिडभाड (फोटो फिचर)

Image
Nisarga Hospital

अत्तरिया : बाजुरा घर भएका रोहन रेग्मी घर जानका लागि टिकट काटन् धनगढी बसपार्क पुगे । धनगढी बसपार्कमा आइतबार दिउँसो टिकट खरिदका लागि पुगेका रेग्मीले टिकट पाएनन् ।

CP Hospital Dhangadhi
 

‘धनगढी बसपार्कमा रहेका सबै यातायात प्रालिका काउण्टरहरुमा धाएँ’ रेग्मीले भने, ‘तर बसको टिकट नै पाइएन । अछाम र बाजुराका लागि २३ गतेसम्म प्याक छ अरे । आउट बसमा जान साढे १६ सय टिकट लाग्छ । २३ गते सम्म बुकिङ छ अरे ।’

nawajiwan

उनी सँगैका दुई जना साथीहरुले टिकट पाए, तर उनले भने टिकट पाएनन् । टिकट नपाएपछि रेग्मीले आउट बसमै घर जाने निर्णय गरे । ‘१५ गतेबाट टिकट काटन आइरहेको थिएँ । तर टिकट अहिलेसम्म पाइएन । अब आज आउट बसमा जाने सोचेको छु,’ रेग्मीले भने ।

रेग्मी जस्तै दार्चुलाको गोकुलेश्वरका आशिष बोहराले गोकुलेश्वर जाने टिकट पाएनन् । असोज १८ र १९ गते नै घर जाने सोच्च बनाएका थिए । तर उनले अहिलेसम्म टिकट पाएनन् । ‘२२ गते सम्म टिकट प्याक छ त्यसमाथि दशैँ यस्तै छ के गर्नु ? टिकट नपाएपछि बाइकमै जानुपर्ला,’ बोहराले भने ।

अछामका शंकर कठायतले पनि बसको टिकट पाएनन् । बुधबारका लागि बसको टिकट खरिद गर्ने उनी आइतबार बिहान धनगढी बसपार्कमा पुुगे । तर उनले साँझसम्म पनि टिकट पाएनन् । ‘बसको टिकट पाइएन् । अब विकल्प खोज्नुपर्ने देखियो । टिकट पाइए बसमा जानुपर्ला, नत्र जीपहरुमा जानुपर्ला ।’ उनले भने ।

Attariya Hospital

१५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको भए पनि यात्रुहरुले टिकट पाउन सकिरहेका छैनन् । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका कोषाध्यक्ष गोविन्दबहादुर शाहले अग्रिम टिकट काट्दा सबै यात्रुहरुले टिकट पाउने गरेर सहज रुपले वितरण गरिरहेको बताए । यात्रुहरुको चापलाई मध्यनजर गर्दै बसहरु थप गरेर यात्रुहरुलाई गन्तव्य तर्फ पठाइरहेको उनले बताए । बसहरुले यात्रुहरुबाट भाडादर महँगो लिएको पाइएमा कारबाही समेत गर्ने उनको भनाइ छ ।

उनले बाटोका कारणले गर्दा राति गन्तव्य तर्फ जानुपरेको खण्डमा समेत बसहरुलाई पठाउन सकिने व्यवस्था मिलाएको बताए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतले चाडपर्व लक्षित प्रदेशका ३६ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेर ५७ जना ट्राफिक प्रहरी परिचालन गरेर जनचेतना जगाउने लगायत चेकजाँचको कामहरु गरिरहेको बताए ।

दुर्घटना न्यूनिकरणका लागि प्रदेशभरी दुई सय १९ जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए । तराई र पहाड गरेर प्रदेशका सबै जिल्लाहरुमा टाइमिङ कार्ड लागु गरिएको उनले बताए । विभिन्न स्थानमा चेक पोष्टहरु राखेर सवारी साधनको क्षमता लगायत यात्रुहरुको टिकट चेकजाँच गर्ने कार्य गरिरहेको उनले बताए ।

दुर्घटना न्यूनिकरण गर्नेका लागि दुर्घटना सम्बन्धी सवारी चालक लगायत यात्रुहरुलाई जनचेतना फैलाउने कामहरु गरिरहेको उनको भनाइ रहेको छ । टिकट काउण्टरमा सवारी साधनको क्षमता भन्दा बढी टिकट काटेको पाइएमा कारवाही समेत गर्ने उनले बताए ।