प्रतिष्ठानहरूमा एकरूपता हुन जरुरी : मन्त्री पाण्डे

Image
Nisarga Hospital

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरूको काममा एकरूपता हुन जरुरी रहेको औँल्याएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

CP Hospital Dhangadhi

मन्त्री पाण्डेले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति बेहोर्नुपर्‍यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ ।

मन्त्री पाण्डेले थप्दै भने, कतिपय प्रतिष्ठानहरू नाम मात्रैका छन् । कहिँ कानूनको अभाव त कहिँ भवनहरूको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरूलाई एकरूपता हुने गरी व्यवस्थित गर्न जरुरी छ । मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको जिकिर गरे। उनले प्रतिष्ठानको कार्यमा एकरूपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरूले चिन्ता र चासो लिनुपर्नेमा जोड दिए । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरण गर्न मन्त्रालय सदैव तत्पर भएको समेत उद्घोष गरे ।

nawajiwan
Attariya Hospital

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०\०८१ मा सात वटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरूले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न, दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको बताए ।

साथै ललितकला प्रतिष्ठानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।