डोटीको गगुडामा पहिलो पटक बस सेवा सुरु भएपछि स्थानीय हर्षित

Image
Nisarga Hospital

डोटीः डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा पहिलो पटक बस सेवा सुरु भएपछि स्थानीय हर्षित भएका छन्। गगुडाबाट धनगढीसम्म बस सेवा सञ्चालन हुने छ। पहिले धनगढीबाट गगुडा आउँदा तथा यताबाट धनगढी जाँदा दुई ठाउँमा गाडी बदल्नु पर्ने बाध्यता थियो तथा जिपवालालाई चर्को भाडा तिर्न बाध्य थियौँ, अब भने सहज हुने स्थानीय टेकस्मृती चन्दले बताए।

CP Hospital Dhangadhi
Attariya Hospital

शैलेश्वरी यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०१०००६ को ३४९० नम्बरको बसले पहिलो पटक गगुडाबाट यात्रु लगेर सोमवार बिहान ७ बजे धनगढी प्रस्थान गरेको हो। सहजपुर, बोगटान, दीपायल सडक खण्डको दीपायलदेखि गगुडासम्म केही भाग पक्की तथा केही भाग डबल कटिङ गरिएसँगै बस सेवा सुरु भएको हो।

nawajiwan