आजको मौसमः आजका लागि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली सँगै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

Image
Nisarga Hospital

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

CP Hospital Dhangadhi

हाल मौसमको अवस्था (Present Weather Status):

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।साथै, तराईका एक-दुई स्थानमा हल्का हुस्सु लागेको छ ।

nawajiwan

२०८१ मंसिर १७ गते (सोमबार)

दिउँसोː कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

२०८१ मंसिर १८ गते (मंगलबार)

Attariya Hospital

दिउँसोː देशभर मौसम मुख्यतया सफा रहने छ ।

रातीː देशभर मौसम मुख्यतया सफा रहने छ ।

२०८१ मंसिर १९ गते (बुधबार)

दिउँसोː कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

रातीː कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।