गोदावरी नगरपालिकामा सैनिक महाविद्यालय तेघरीले कब्जा गर्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी

Image
Nisarga Hospital

CP Hospital Dhangadhi

अत्तरिया: कैलालीको गोदावरीमा आयोजित नगर स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सैनिक आवासीय महाविद्यालयले तेघरीले हात पारेको छ ।

nawajiwan

गोदावरी नगरपालिकाले मंसिर १८ गतेदेखि सुरु गरेको प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १३ कास्य पदकसहित महाविद्यालयले उपाधि हात पारेको हो ।

शुक्रबार राति अबेर सम्पन्न कार्यक्रमको समापनमा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले विजेता, उपविजेतालाई पुरस्कार वितरण गर्दै अनुशासनपुर्वक खेल सम्पन्न गरेकोमा खेलाडी, खेल प्रशिक्षक, व्यवस्थापक सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रम बोल्दै नगर प्रमुख भट्टले खेल क्षेत्रको बिकासका लागि नयाँ खाका र बजेट अनरुप आफुले सक्दो सहयोग गर्ने बताए। पालिकाको तर्फबाट थप बजेट विनियोजित गरेर नयाँ योजना र खेल क्षेत्रलाई थप बिकास गर्नमा आफु प्रतिबद्ध रहेको कुरा जनाए।

oplus_2
Attariya Hospital

त्यसैगरी दुर्गालक्ष्मी नमुना मावि अत्तरियाले १० स्वर्ण, १३ रजत र १९ कास्य पदकसहित दोस्रो, दुर्गा भवानी मावि जमुनानगरले १० स्वर्ण, ६ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रथम सैनिक आवासीय महाविद्यालय तेघरीलाई २० हजार नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो दुर्गालक्ष्मी नमुना माविलाई १५ हजार नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै तेस्रो दुर्गा भवानी मावि जमुनानगरलाई पनि १० हजार नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिता दुर्गा भवानी माविमा सञ्चालन भएको थियो ।

 
संस्थागत र सामुदायीक गरि ४५ विद्यालय सहभागि रहेको प्रतियोगितामा ६ वटा विधामा प्रतिष्पर्धा गराईएको थियो । प्रतियोगिता आज बेलुकी अबेर सम्पन्न भएको हो ।
Oplus_131106
Oplus_131074