गोदावरी नगरपालिकामा बृहत फोहोर व्यवस्थापन निर्माण सम्पन्न पश्चात ADB को टिमद्वारा स्थलगत निरीक्षण

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा बृहत फोहोर व्यवस्थापन प्रणाली निर्माण सम्पन्न भएको छ। यस परियोजनाले नगरपालिकाको दीर्घकालीन फोहोर व्यवस्थापन समस्याको समाधान गर्ने विश्वास गरिएको छ।

oplus_131072

सुदूरपश्चिमकै केन्द्रबिन्दु मानिने कैलालीको अत्तरिया बजारमा  पछिल्लो समय जनघनत्व बढ्दै गएको छ । यहाँका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला प्रवेश गर्ने एक मात्रै चल्तीको सडकमार्ग भएकाले कैलालीको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापन गर्न निकै चुनौती रहेको थियो । तर अब भने एसियाली विकास बैङ्क (एडिबी)को ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
oplus_131074

दुई वर्षअघि १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरिएको फोहोरमैला व्यवस्थापन केन्द्रको काम निर्माण पश्चात एसियाली विकास बैंकका टिमद्वारा स्थलगत निरीक्षण गरेको छ ।
oplus_131074

समय अवधिमा नै चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले काम सकाएको छ ।

CP Hospital Dhangadhi

आईतबार परियोजनाको गुणस्तर तथा प्रभावकारिता बुझ्नका लागि एशियन डेभलपमेन्ट बैंक (ADB) को एक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरिरहेको छ। निरीक्षण टोलीमा विशेषज्ञ, इञ्जिनियर, र प्रशासनिक अधिकारीहरू समावेश छन्।

ADB टोलीका सदस्यहरूले परियोजनाको व्यवस्थापन, प्रविधि, र वातावरणमैत्री उपायहरूको समीक्षा गर्दै स्थानीय अधिकारीहरूसँग छलफल गरेका छन्। निरीक्षणपछि टोलीले परियोजनाको प्रभावकारिता र सुधारका सम्भावनाहरूको रिपोर्ट तयार पार्ने बताइएको छ।

oplus_131072

nawajiwan

गोदावरी नगरपालिकाका नगर प्रमुखका अनुसार, “यो परियोजनाले नगरपालिकाको सरसफाइमा ठूलो योगदान पुर्‍याउनेछ। अब स्थानीय समुदायलाई पनि फोहोर व्यवस्थापनमा सचेत र सहकार्य गर्न प्रोत्साहन गरिनेछ।”

oplus_131072

निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डेले फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोरमैलासँगै दिसाजन्य लेदोको छुट्टाछुटै व्यवस्थापन हुने बताउनुभयो । उहाँले ठोस फोहोरलाई कुहिने, रिसाइकल हुने र कामै नलाग्ने फोहोरमा विभाजन गरेर व्यवस्थापन गरिने भन्दै दिसाजन्य फोहोरको व्यवस्थापन गर्नका लागि पाँच घनमिटर र आठ घनमिटरका छुट्टै सेड निर्माण गरिएको बताउनुभयो ।

oplus_131072

Attariya Hospital

फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोर प्रतिदिन १३ टन र दिसाजन्य फोहोर प्रतिदिन १३ घनमिटर व्यवस्थापन गर्न सकिने जनाइएको छ । ठोस र दिसाजन्य फोहोर ट्याङ्करमा लोड गरेर केन्द्रसम्म पुर्‍याइने जनाइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि तीन वर्ष निर्माण कम्पनीले नै सञ्चालन गरेर गोदावरी नगरपालिकालाई हस्तान्तर गर्नेगरी सम्झौता गरिएको छ ।

oplus_131072

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले फोहोरमैला व्यवस्थापनका लागि यति ठुलो परियोजना कार्यान्वयन ल्याउन निकै मिहेनत गर्नुपरेको बताउँदै यसबाट अब कम्पोष्ट मल उत्पादन गरी गोदावरीमा फोहोरमैलाको दिगो व्यवस्थापन हुने बताउनुभयो ।

oplus_131072

स्थानीय बासिन्दाले यस प्रणालीले वातावरणीय स्वच्छता र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने आशा गरेका छन्।