किरात समुदायद्वारा आज उधौली पर्व मनाइँदै

Image
Nisarga Hospital

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले पितृको सम्मान र प्रकृतिको संरक्षणका रूपमा उधौली पर्व मनाउँदै छन्।

CP Hospital Dhangadhi

यस पर्वका अवसरमा किरात समुदायका विभिन्न जातजातिले आफ्ना परम्पराअनुसार आ–आफ्ना चाडहरू मनाउने गरेका छन्। याक्खा समुदायले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला, र लिम्बूहरूले चासोक तङनाम मनाउने प्रचलन छ।

किरात संस्कृतिका बारेमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दुमी राईका अनुसार किरातभित्रका विभिन्न जातजातिले पर्वलाई फरक नाम दिए पनि समग्रमा यसलाई उधौलीका रूपमा चिनिन्छ।

nawajiwan

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खान अनुमति माग्ने, र पितृको स्मरण गर्दै यो पर्व मनाउँछन्। बाली लगाउने समयमा भने उनीहरूले उभौली पर्व मनाउने परम्परा रहेको छ।

Attariya Hospital

आज बिहानैदेखि किरात समुदायका महिला र पुरुष जातीय वेशभूषामा सजिएर भूमिपूजा गर्दै विविध सिली (नाच) र परम्परागत गतिविधिका साथ उत्सवमा रमाइरहेका छन्।

ललितपुरको सानो हात्तीवन, जुन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिक स्थल मानिन्छ, आज विशेष पूजाआजा र सांस्कृतिक कार्यक्रमहरूको केन्द्र बनेको छ। पूजापछि किरात समुदायका सदस्यहरूले आ–आफ्ना परम्पराअनुसार साकेला सिली र च्याब्रुङ नाच प्रस्तुत गर्दै मनोरञ्जन गर्ने प्रचलन छ।

वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गर्ने किरात समुदायले आज उधौली पूजा गरी जाडो मौसममा लेकबाट तल झर्ने प्रक्रिया सुरु गर्छन्। यसलाई पर्यावरणसँग अनुकूलित जीवनशैलीका रूपमा लिइन्छ। गर्मीमा माथि लेक जाने र जाडोमा तल झर्ने यो परम्परा प्रकृति र मानिसबीचको सहअस्तित्वको प्रतीक हो।

उभौलीमा खेतीपाती राम्रो होस् भनी प्रार्थना गर्ने, भने उधौलीमा खेती राम्रो भएबापत भूमे (साकेला)लाई धन्यवाद दिने परम्परा छ।