पार्टी भित्र एकअर्का प्रति कटाक्ष गर्दै वैमनस्य गर्ने र आपसमा द्वन्द्व निम्ताउने कार्य अन्त्य गर्नु पर्ने : बलायर

Image
Nisarga Hospital

अत्तरिया: नेपाली कांग्रेस सुदूरपश्चिम पार्टी सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले पार्टीभित्र एक–आपसमा सद‍्भाव एकता र मेलमिलाप हुन अति आवश्यक रहेको बताएका छन् । गोदावरीको विभिन्न वडामा भएको निर्वाचन क्षेत्र बस्ती भेटघाट कार्यक्रममा कांग्रेस सांसद समेत रहेका उनले यस्तो बताएका हुन् ।

CP Hospital Dhangadhi

बलायर अहिलेको अवस्थामा फरक बिचार राख्नेसँग मिलेर कार्य गर्नु परिरहेको स्मरण गर्दै आफ्नै पार्टी भित्र एकअर्का प्रति कटाक्ष गर्दै वैमनस्य गर्ने र आपसमा द्वन्द्व निम्ताउने कार्य अन्त्य गर्नु पर्ने बताए । उनले आफूले सकेजती गरिरहेकाले अहिले नै धैर्यता नगुमाउन कांग्रेसका नेता कार्यकर्ताहरूलाई आग्रह गरे । ‘सकिने कुरामा लागेकै छु । चुनाव लड्दा खेरी लास जलाउन कस्तो समस्या थियो गोदावरीमा, अहिले एक वर्ष पछाडि हेर्नुस् केही त फरक भएको छ नि’, उनले भने, ‘कांग्रेसका नेता कार्यकर्ताहरूले अतालिनु हुँदैन । हामीले धैर्यता राखेनौँ भने देशको अवस्था झन् नाजुक बन्छ ।’

nawajiwan
Attariya Hospital

बलायरले आफूले आफ्नो निर्वाचन क्षेत्रलाई विगतका भन्दा केही फरक गरेर देखाउने बताए । मंगलबार निर्वाचन क्षेत्रका बस्ती भेटघाट कार्यक्रममा कार्यकर्ताहरूसँग बोल्दै उनले विगतका भन्दा केही राम्रो र प्रत्यक्ष जनताले देख्ने किसिमको विकास आफ्नो निर्वाचन क्षेत्रमा गर्ने बताए । उनले अहिले देशको आर्थिक अवस्था कमजोर भएकाले काम गर्न केही असहज भइरहेको बताए । ‘अहिले देशको आर्थिक अवस्था ठिक नभएकाले काम गर्न गाह्रो छ, सानो रकम निकाल्न पनि दाँतबाट पसिना निकाल्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘उहाँ (लेखराज भट्ट) का पालाको जस्तो देशको ढुकुटी भएको भए त काम गर्न सहज हुन्थ्यो, धेरै काम गरिन्थ्यो ।’ त्यसका बाबजुद पनि आफूले आफ्नो निर्वाचन क्षेत्रका लागि विभिन्न कामहरू गरिरहेको उनले बताए ।

उनले स्याउलेमा कृषिको अनुसन्धान केन्द्रका लागि लागिरहेको बताए । गोदावरी नगरपालिकामा एडीबीको ७ वटा सडकका लागि ४० करोड रुपैयाँ निर्णय गरेर आएको समेत बलायरले जानकारी गराए । उनले कान्द्रा नदीलाई सदाका लागि अटल गर्नका लागि विश्व बैंकसँग कुरा गरिसकेको र यस वर्षदेखि रानी जमराले तटबन्धको काम गर्न लागिरहेको बताए ।