पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: शुक्रबार रातिदेखि फेरी मौसम बदली र वर्षाको सम्भावना

Image
Nisarga Hospital

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभरको मौसममा फेरि परिवर्तन आउने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना छ।

CP Hospital Dhangadhi

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिलेको पश्चिमी वायु र न्यूनचापीय प्रणालीले हाल देशभर सामान्य मौसम कायम राखेको छ। “बुधबार र बिहीबार खासै वर्षाको सम्भावना छैन, तर शुक्रबार रातिदेखि नयाँ प्रणाली भित्रिने भएकाले शनिबार देशभर बदली हुने देखिएको छ,” उनले बताइन्।

शनिबार पश्चिमी नेपालका सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ। आइतबारबाट मौसम क्रमिक रूपमा सुधार हुने महाशाखाले जनाएको छ।

nawajiwan
Attariya Hospital

हल्का हिमपातको सम्भावना
कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा आज राति हल्का हिमपात हुने देखिएको छ। “चिसो बढ्दै गएको छ। बुधबार र बिहीबार न्यूनतम तापक्रम घट्ने अनुमान गरिएको छ,” मौसमविद् मानन्धरले भनिन्।

 महाशाखाको विवरणअनुसार काठमाडौँको आजको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस रहनेछ। गत मङ्सिर २९ गते काठमाडौँमा न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस पुगेको थियो।

पुसे झरी र जाडोको असर
पश्चिमी प्रणालीको कारण पुसे झरीले चिसो बढाउँदै लगेको छ। मङ्गलबारको हल्का वर्षापछि आकाश खुले पनि न्यूनतम तापक्रम घटेको छ। महाशाखाले अङ्ग्रेजी जनवरीलाई नेपालमा सबैभन्दा चिसो महिना मानिने उल्लेख गरेको छ।