मेलमिलाप दिवसः बीपी कोइरालाको राष्ट्रियता र एकताको नीति सम्झँदै

Image
Nisarga Hospital

आज पुस १६ गते, राष्ट्रिय एकता र मेलमिलापको प्रतीक मानिने मेलमिलाप दिवस देशभर मनाइँदैछ। यस दिन नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताहरूले निर्वासन त्यागेर स्वदेश फर्केका थिए।

CP Hospital Dhangadhi

विसं २०३३ पुस १६ मा बीपी कोइरालाले “राष्ट्रिय एकता तथा मेलमिलापको नीति” लिँदै स्वदेश फर्कने ऐतिहासिक निर्णय गरेका थिए। भारतमा निर्वासनमा रहेका कोइरालाले त्यहाँबाट निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि गरिरहेका थिए। भारतमा सिक्किम विलय, पाकिस्तान अलग्गिएपछि एसियाका विभिन्न देशहरूमा विखण्डनको प्रक्रिया देखेर राष्ट्रिय एकताको आवश्यकता झन् महत्त्वपूर्ण भएको ठहर गर्दै स्वदेश फर्केका थिए।

नेपाली इतिहासमा मेलमिलापको महत्त्व

nawajiwan

देशको सार्वभौमसत्ता र राष्ट्रियताका लागि बीपी कोइरालालगायत नेताहरूले जीवन अर्पण गर्न तयार भएका थिए। स्वदेश फर्केपछि पनि कोइरालालाई पटकपटक बन्दी बनाइएको थियो। त्रिभुवन विमानस्थलमा ओर्लिनासाथ उनी फेरि सुन्दरीजल बन्दी गृहमा लगिएका थिए।

बन्दी गृहमा रहँदा बीपीले आफ्नो प्रसिद्ध कृतिहरू जस्तै, ‘श्वेतभैरवी’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’, र ‘जेल जर्नल’ लेखेका थिए।

Attariya Hospital

मेलमिलाप दिवसका अवसरमा कार्यक्रमहरू

यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्। कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। बीपी संग्रहालयले पनि विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ।

तर, हरेक वर्ष मनाइने पुस १६ को यो दिवस औपचारिकतामा मात्र सीमित नहोस् भन्ने माग बारम्बार उठिरहेको छ। राष्ट्रिय एकता, मेलमिलाप र लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई थप जीवन्त बनाउन दिवसलाई अर्थपूर्ण बनाउने आवश्यकता महत्त्वपूर्ण देखिन्छ।

मेलमिलाप दिवस केवल बीपी कोइरालाको सम्झनामा मात्र होइन, राष्ट्रिय एकता र लोकतन्त्रका लागि प्रेरणाको स्रोतका रूपमा लिनुपर्छ।