घर भन्दा टाढा जादै हो भने जानकारी लिनुहोस आजको मौसम कस्तो छ त ? देशभर मौसम सफा, तर तराईमा हुस्सु कायम

Image
Nisarga Hospital

हिजो दिनभर बदली रहेको मौसममा आज सुधार देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मुख्यतया सफा मौसम रहनेछ भने केही ठाउँमा आंशिक बदली हुने सम्भावना छ।

CP Hospital Dhangadhi

कोशी, मधेश, बाग्मती, कर्णाली, र सुदूरपश्चिमका केही स्थानमा आंशिक बदली हुने अनुमान गरिएको छ। तराईका विभिन्न ठाउँमा आज पनि हुस्सु लागिरहने सम्भावना छ, जसले खासगरी बिहानको समयमा दृश्यता प्रभावित गर्न सक्छ।

Attariya Hospital

महाशाखाले देशका कुनै पनि भागमा आज वर्षा वा हिमपातको सम्भावना नरहेको बताएको छ। तर, हिजो सुदूरपश्चिम, कर्णाली, र लुम्बिनीका विभिन्न ठाउँमा हल्का वर्षा भएको थियो। पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार सबैभन्दा धेरै डडेलधुरामा १६ मिलिमिटर र बाजुरामा १३ मिलिमिटर वर्षा मापन गरिएको छ।

nawajiwan

मौसममा सुधार आएको भए पनि हुस्सुका कारण तराईका केही क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने आँकलन गरिएको छ। यातायात र हवाई सेवामा पनि सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।