
कैलालीको गोदावरी नगरपालिका वडा नं १ ले चिसोका कारण प्रभावित जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ।



अत्यधिक चिसोले स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै वडाले २०८१/८२ आर्थिक वर्षमा ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो। यो बजेटबाट ८० वर्ष उमेर पूरा गरेका १०१ जेष्ठ नागरिकलाई न्यानो कम्बल प्रदान गरिएको हो।

वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टका अनुसार बजेट सीमित भएकाले ८० वर्ष वा सोभन्दा माथिका नागरिकलाई मात्र कम्बल वितरण गरिएको हो। कम्बल वितरणले जेष्ठ नागरिकहरूको दैनिकीमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ।


वडाले चिसोको प्रभावलाई कम गर्दै जेष्ठ नागरिकहरूमा खुसीको माहोल सिर्जना गर्न प्रयास गरेको छ। साथै, वडा नं १ ले स्थानीयवासीहरूको आवश्यकतामा ध्यान दिँदै विकास निर्माणका कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको छ।

चिसोका कारण प्रभावित जेष्ठ नागरिकलाई राहत दिन गरिएको यो प्रयासले समुदायमा सकारात्मक सन्देश दिएको छ।































