सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ कायम भएको छ।

CP Hospital Dhangadhi

सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो। सोही आधारमा मंगलबार सुनको मूल्य ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको मूल्य अधिकतम १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो।

यस्तै, चाँदीको मूल्यमा भने गिरावट आएको छ। सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँ घटेर १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur