अत्तरियाको जे के अंग्रेज़ी माध्यमिक विद्यालय ३३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा स्थित जे.के. अंग्रेज़ी माध्यमिक विद्यालय ३३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

विद्यालयका अध्यक्ष प्रेम बहादुर बोगटीको सभापतत्वमा आयोजीत वार्षिकोत्सव समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहनु भएको थियो। यस्तै विशिष्ठ अतिथिमा गोदावरी प्याब्सन नगर कमिटी पूर्व अध्यक्ष तथा खप्तड विद्या निकेतनका संस्थापक श्याम बहादुर खत्री, लोटस आई अंग्रेज़ी माध्यमिक विद्यालयका प्रिन्सिपल मान बहादुर ऐर रहेका थिए।

nawajiwan
oplus_131074

वार्षिकोत्सव समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले संस्थागत विद्यालयहरूले ठूलो लागतमा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले “पहिलेको भन्दा शिक्षा क्षेत्रमा हाल नगरपालिका अब्बल दर्जाको रुपमा अगाडी बढ्ने विश्वास लिएको छु,” भन्दै नगरपालिकाले शैक्षिक क्षेत्रमा उच्च प्राथमिकता दिएको बताए।

oplus_131074
Attariya Hospital

नगर प्रमुख भट्टले संस्थागत र सामुदायिक विद्यालयहरूमा कुनै भेदभाव नराखी समान अवसर प्रदान गर्ने नीति अपनाइएको र यसैक्रममा निरन्तर प्रयास भइरहेको बताए। उनले गेटा मेडिकल कलेजलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने योजना प्रस्तुत गर्दै, यसले शिक्षा र स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विश्वासका साथ आगामी दिनहरूमा थप प्रगतिको अपेक्षा गरिएको बताए।

 
oplus_131074
oplus_131074
oplus_131074
oplus_131074
Advertize US