राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका खेलाडीलाई गोदावरी नगरपालिकाद्वारा बिदाई

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई गोदावरीका नगरप्रखुम बिरेन्द्र भट्टले बिदाई गरेका छन । घोडाघोडी नगरपालिकामा आज देखि १५ औँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिदाई गरेको हुन ।

CP Hospital Dhangadhi

oplus_131072
nawajiwan

आज देखि ३ दिन सम्म संचालन हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाका ११२ जना खेलाडीहरु सहभागिता रहने जानकारी गोदावरी नगरपालिकाका शीक्षा तथा खेलकुद शाखा प्रमुख प्रयाग राज जोशीले बताए । कुनै खेलमा खेलाडीको दोहोरिएको भुमिका रहेको प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स खेल खेलाइने जनाइएको छ ।

oplus_131072

गत मशिर १८ गते देखि २१ गते गोदावरीको दुर्गाभवानी माबि हरैयामा आयोजित राष्ट्रपति रनिङ शिल्डको खेलकुद कार्यक्रमा बाट छनौट भएका बिभिन्न बिधामा खेलाडीहरुलाई छनौट भएर आज एक अनौपचारिक कार्यक्रमबाट खालाडीलाई जर्सी र पालिकाको लोगो अंकित ब्यानर, राष्ट्रिय झण्डा संयोजक शिवराज भट्टराईलाई हस्तान्तरण गरी बिदाई गरिएको थियो ।

Attariya Hospital
oplus_131074

बिदाई कार्यकममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले विद्यार्थीको भविश्यसँग जोडिएको खेलकुदमा अनुसाशित भ‍एर खेलमा आफ्नो कला प्रदर्शन गर्नु, गत बर्ष भन्दा राम्रो खेल प्रदर्शन गर्नुहोला र गोदावरीको नाम र मेडल जित्न समेत शुभकामना ब्यक्त गरे ।

oplus_131072
oplus_131072
oplus_131072