
नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा २,२०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १,७०,३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार घटेर १,६८,१०० रुपैयाँमा कायम भएको छ।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा १,९४५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ३० रुपैयाँ घटेर १,९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





























