गोदावरी – ८ का ३५ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–८ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। गोदावरी ज्येष्ठ नागरिक समाज वडा समितिले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा ६० वर्षभन्दा माथिका ३५ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो।

CP Hospital Dhangadhi

वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा गोदावरी ज्येष्ठ नागरिक समाज वडा समितिका अध्यक्ष प्रेम बहादुर बोगटीले आगामी आर्थिक वर्षमा यस शीर्षकको बजेट वृद्धि गर्न आग्रह गरे। उनले ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप न्यानो कम्बल वितरण गरिएको जनाएका छन्।

Attariya Hospital

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर–८ का वडा अध्यक्ष गोबिन्द चौधरीले वडा सरकार सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताए। उनले ज्येष्ठ नागरिक समाजलाई समाजको मेरुदण्डको रूपमा व्याख्या गर्दै उहाँहरूका सकारात्मक पक्षलाई अनुशरण गर्नुपर्ने धारणा राखे।

nawajiwan

कार्यक्रममा गोदावरी ज्येष्ठ नागरिक समाजका नगर अध्यक्ष चित्र कुमार भट्ट, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Advertize US