
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि सुनचाँदी कारोबार भएको हो।

महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबारकै दर अर्थात् १ लाख ६८ हजार १०० रुपैयाँ कायम रहेको छ। यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै १ हजार ९१५ रुपैयाँ प्रति तोला कायम भएको छ।


























