
साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन तोलामा ५०० रुपैयाँ सस्तिएको छ।

महासंघका अनुसार बिहीबार तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार १ लाख ७० हजार २०० रुपैयाँमा झरेको छ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा १ हजार ९८५ रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ९९० रुपैयाँ पुगेको छ।


























