
नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो, जसअनुसार आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको हो।चाँदीको मूल्य भने शुक्रबार १ हजार ९९० रुपैयाँ रहेकोमा आइतबार ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ।































