पूर्वराजा ज्ञानेन्द्रको काठमाडौं आगमन : समर्थकहरूको उत्साहपूर्ण स्वागत

Image
Nisarga Hospital

पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिने पोखरा बसाइपछि आइतबार दिउँसो काठमाडौं फर्किएका छन्।

CP Hospital Dhangadhi

उनी फर्कने क्रममा सयौँ राजावादी समर्थक त्रिभुवन विमानस्थल क्षेत्रमा भेला भएका थिए। विमानस्थलबाट बाहिरिँदा पूर्वराजा शाहले गाडीबाट उठेर समर्थकहरूलाई अभिवादन गरे।

उनको स्वागतमा समर्थकहरूको समूह नारा जुलुससहित महाराजगञ्जतर्फ लागेका छन्। पूर्वराजालाई नारायणहिटी दरबार संग्रहालयमा भित्र्याउने घोषणा गरेका दुर्गा प्रसाईं पनि निर्मल निवासतर्फ गएका छन्।

nawajiwan
Attariya Hospital

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगेका थिए। अन्य राजावादी नेताहरूले पनि जयजयकार गरेका थिए।

पोखराबाट फर्किएपछि राजावादी समर्थकहरू र्‍यालीसहित निर्मल निवासतर्फ हिँडेका छन्। गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्मको यात्रामा सहभागी भएका छन्।

Advertize US