
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले सुनचाँदी व्यवसायीका मागहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार धनगढीमा सुनचाँदी व्यवसायी संघ कैलालीले १५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले सरकार व्यवसायीका समस्याप्रति गम्भीर रहेको बताउँदै माग पूरा गर्न पहल गर्ने आश्वासन दिए।
ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष यदु सुनारले सुनचाँदी व्यवसायीहरूले हरेक वर्ष अरबौं रुपैयाँ राजस्व बुझाउँदै आएको भए पनि राज्यले व्यवसायीका समस्याप्रति आवश्यक ध्यान नदिँदा व्यवसाय संकटमा परेको गुनासो गरे।
ज्ञापनपत्र संघका अध्यक्ष सुनार, सचिव प्रकाश भण्डारी, प्रदेश उपसभापति अर्जुन गहतराज, बर्दगोरिया उपशाखाका अध्यक्ष रामविक्रम सिजापती, व्यवसायी योगेश सदासंकर लगायतको टोलीले बुझाएको थियो।



























