
नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो। यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
































