कैलाली प्रशासनको होली सम्बन्धी सूचना : उल्लंघन गरे कानूनी कारबाही

Image
File Photo
Nisarga Hospital

अत्तरियाः  जिल्ला प्रशासन कार्यालय कैलालीले होली (फागु पूर्णिमा) सभ्य र मर्यादित रूपमा मनाउन आग्रह गरेको छ। यही २०८१ चैत १ गते परेको होली पर्वलाई व्यवस्थित बनाउन प्रशासनले विभिन्न निर्देशनहरू जारी गरेको हो।

प्रशासनले होलीको नाममा अवाञ्छित गतिविधि नगर्न सबैलाई सचेत गराएको छ। जथाभावी रंग लगाउने, हानिकारक वस्तु दल्ने, प्लास्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिंड्ने व्यक्तिलाई दुर्व्यवहार गर्ने, डोरीले बाटो छेकेर पैसा उठाउने, सवारी साधन रोकेर रकम असुल्ने जस्ता कार्यलाई प्रतिबन्ध लगाइएको छ।

यस वर्ष बेलुकी ९:०० बजेसम्म मात्र होली मनाउन अनुमति दिइएको छ। यस सीमा उल्लंघन गरे कानूनी कारबाही हुने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी सूचनामा होली पर्वलाई सभ्य, मर्यादित, र हर्षोल्लासपूर्ण रूपमा मनाउन सबै कैलालीवासीलाई अनुरोध गरिएको छ।

CP Hospital Dhangadhi