सुदूरपश्चिममा कांग्रेस-एमालेबीच राजनीतिक नियुक्तिमा सहमति

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका विभिन्न राजनीतिक नियुक्ति सम्बन्धी पदमा भागबण्डाको आधारमा तत्काल पदपूर्ति गर्न नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ।

CP Hospital Dhangadhi

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेस–एमालेबीच भागबण्डा गरेर राजनीतिक नियुक्ति गर्ने सहमति जुटेको हो। नियुक्तिको खाका बनाउने जिम्मेवारी मुख्यमन्त्री शाह र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई दिइएको छ।

बैठकमा प्रदेश सरकारका काम कारवाहीलाई थप प्रभावकारी बनाउन गहन छलफल गरिएको एक नेताले बताएका छन्। साथै, रिक्त हुन लागेका राजनीतिक नियुक्ति सम्बन्धी पदहरू सहमतिका आधारमा चाँडै पदपूर्ति गर्ने निर्णय समेत भएको छ।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिएका प्रादेशिक अस्पतालका अध्यक्षहरूको कार्यकाल अन्त्य हुने समय नजिकिएको छ। त्यसैगरी, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानका पदहरू पनि रिक्त हुने क्रममा छन्। नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले यी पदहरू सहमतिका आधारमा भागबण्डा गरेर पूर्ति गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरको अध्यक्षतामा बसेको बैठकमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई समेत बोलाइएको थियो। बैठकमा एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री शाह, एमाले संसदीय दलका नेता रावल लगायतका नेताहरू सहभागी थिए।

Advertize US