
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। शनिबार बसेको निगमको संचालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको छ।\

मूल्य घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ तोकिएको छ। निगमले यो नयाँ मूल्य तत्काल प्रभावकारी रूपमा लागू गरेको छ।

नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो ! कुन ठाउँमा कति रुपैयाँमा पाउछ त ?































