
साताको पहिलो दिन आइतबार सुनको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार ४०० रुपैयाँले घटेको हो। यो मूल्य ऐतिहासिक उच्च विन्दु नजिकै रहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।






























