धनगढीमा ग्यास सिलिन्डर पड्कियो, ३ जना घाइते

Image
Nisarga Hospital

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन् ।धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

CP Hospital Dhangadhi

सिलिन्डर पड्किदा खड्कासहित स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन् । उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

Attariya Hospital

उनीहरुको अवस्था खतरामुक्त रहेको छ । जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् । जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ ।

nawajiwan
Advertize US