
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा स्थिर रहेको छ।

यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको चाँदी सोमबार २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ।


























