
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार डम्मरबहादुर बमलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्।

बम प्रेस युनियनका नेता समेत हुन् र उनले राजनीति तथा व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका छन्।

२०६२ सालदेखि पत्रकारितामा सक्रिय बम धनगढी पोस्ट, अनुमोदन दैनिकजस्ता सञ्चारमाध्यममा कार्यरत रहिसकेका छन्। पछिल्लो समय उनी न्युज दैनिकमा कार्यरत थिए।






























