गड्डाचौकी हुँदै नेपाल फर्किन लागेका घोप्लेको कमाई बाटोमै लुटियो

Image
Nisarga Hospital

हिँड्दाहिँड्दै लखतरान ज्यान । हातमा पानीको बोतलबाहेक अरु केही छैन । सोमबार बिहान पश्चिमी नाका गड्डाचौकीमा यस्तै अवस्थामा भेटिए जुनिचाँदे गाउँपालिका(९ पञ्चालाका ६० वर्षीय घोप्लु लुहार । भारत उत्तराखण्डको हल्द्वानीमा मिस्त्री काम गर्ने उनी घर फर्किंदा लुटिएपछि रित्तो हात जेनतेन गड्डाचौकी पुगेका हुन् । दुई महिनाअघि कामको खोजीमा हल्द्वानी पुगेका लुहार नयाँ वर्षका लागि घर फर्किंदै थिए । उनी आफ्नो मात्र नभई छोराछोरीको समेत कमाइ बोकेर घर फर्किंदै थिए । हल्द्वानी बसपार्कमै भेटिएका ४ जना नेपालीले नै उनलाई लुटेका हुन् । ‘हामी पनि उतैका हौं, बसमा सँगै जाउँला भने,’ लुहारले भने, ‘बसपार्कमा चारै जनाले हातपात गर्दै सबै लुटेर लगे ।’

CP Hospital Dhangadhi

लुहारले ७० हजार भारु, कपडा र मोबाइल लुटिएको बताए । उनीहरू नाम र ठेगाना भने केही पनि नबताएको उनले बताए । लुहार हल्द्वानीमा मिस्त्रीको काम गर्थे । उनकी छोरी नैनीतालमा छिन् । एक छोरा गढवालमा छन् । उनीहरूले दिएको केही पैसा लिएर आएका थिए उनी । घर परिवारका लागि नयाँ लुगा पनि किनेका थिए । ‘शरीरमा भएको लुगा मात्रै बाँकी रह्यो, जुत्ता खुट्टाको जुत्ता समेत निकालेर लगे,’ उनले भने, ‘त्यसपछि बसभाडा नभएपछि हिँडेर घर आउँदै थिए, लाला ९साहु० हरूले देखेर अलिअलि सहयोग गरेपछि यहाँसम्म पुगे ।’

Attariya Hospital

भ्बचलष्लनक धभचभ कतयभिल यल तजभ धबथकेही स्थानीयले १०र२० गरेर डेढरदुई सय रुपैयाँ दिएपछि सीमावर्ती बजार बनबासासम्म आइपुगेका हुन् उनी । आइतबार मध्यरातमा गड्डाचौकी पुगेका उनलाई सुदूरपश्चिम प्रदेश सरकारले सीमामा स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको छ । चाडपर्वका बेला घर फर्किने नेपाली भारतीय क्षेत्रमा नेपालीबाटै लुटिने गरेका घटना निरन्तर भइरहेका छन् । हरिद्वार, हल्द्वानीलगायतका क्षेत्रमा निरन्तर रूपमा नेपाली श्रमिक लुटिने गरेका छन् ।

nawajiwan
Advertize US