
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ रुपैयाँ कायम भएको छ, जुन मंगलबारको तुलनामा ८०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, १० ग्राम छापावाल सुनको मूल्य १ लाख ५० हजार ८९० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य भने सामान्य गिरावट आएको छ। मंगलबार तोलाको २ हजार ५० रुपैयाँ कायम भएको चाँदी बुधबार ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।






























