देशभरको मौसम अपडेट: पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल देशमा पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो:

  • देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
  • कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा सम्भावित।
  • उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुन सक्छ।

आज राति:

  • पहाडी भूभागमा आंशिक बदली रहनेछ।
  • गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना।

सतर्कता:

  • कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
CP Hospital Dhangadhi
Attariya Hospital