
नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोकिएको प्रतितोला १ लाख ७६ हजार रुपैयाँकै दरमा बिहीबार पनि कारोबार भएको छ।

चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला २ हजार ४५ रुपैयाँ कायम रहेको चाँदी बिहीबार घटेर २ हजार ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ।






























