सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १,००० रुपैयाँले घटेको छ।

CP Hospital Dhangadhi

यसअनुसार, शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ, जुन बिहीबार १ लाख ७६ हजार रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ। बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ।