कैलालीको वन क्षेत्रमा अवैध रूपमा बसेका विदेशी नागरिक गन्तव्यतर्फ प्रस्थान

Image
Nisarga Hospital

कैलालीको सिमली वन क्षेत्रमा बिना अनुमति बसिरहेका एक सय भन्दा बढी विदेशी नागरिक स्थानीय प्रशासनको आदेश पछि आ आफ्नो गन्तब्य तर्फ लाग्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार बिना अनुमति घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा करिब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका एक सय भन्दा नागरिकलाई २४ घण्टा भित्र आफ्नो गन्तव्यमा लाग्न स्थानीय प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी आफै गएर निर्देशन दिएको बताए ।

CP Hospital Dhangadhi

अहिले प्राप्त सूचना अनुसार आ आफ्नो सानो सानो समूहमा उनिहरुहरुले त्यो ठाउँ छोड्न लागेको प्रशासकीय अधिकृत जोशीले जानकारी दिए। जसमध्ये कोही धनगढी पनि पुगेका छन् । धनगढी पुगेका विदेशी नागरिकको टोलीले प्रमुख जिल्ला अधिकारीलाई शुक्रवार भेट्न समय मागेका थिए । समय नपाएपछि उनीहरू अत्तरिया तर्फ गएको जोशीले बताए ।

घोडाघोडीको समली जङ्गलमा ठुलो समूह बनाएर बसेका विदेशी नागरिकले अस्वाभाविक गतिविधि गर्दै आएको खबर स्थानीय प्रशासनले पाएको थियो । त्यसपछि स्थानीय प्रशासनका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल आफै घटनास्थलमा पुगेको थिए ।

nawajiwan
Attariya Hospital

रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका हुन। विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जङ्गल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन्।

निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी समेत दिइएका थिए । अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई आफूहरू प्रकृतिमा रमाउने मान्छेहरू९नेचर लभ० भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका प्रजिअ हमालले बताए ।

उनिहरुहरु अनलाइन मार्फत एक अर्काको सम्पर्कमा आएर यसरी एकठउमा जम्मा भएर रमाउने गरेको खुल्न आएको छ । तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरूलाई जङ्गल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको उनले भने । यद्यपि अनुगमनका क्रममा उनीहरूले शान्ति, सुरक्षामा असर पर्ने खालका गतिविधि गरेको नपाइएपछि कुनै निकायबाट अनुमति नलिइको देखिएको प्रशासनले जनाएको छ।