आईपीएल क्रिकेटमा आज हैदरावाद सँग राजस्थान र चेन्नई सँगै मुम्बई इन्डियन्स भिड्दै

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आइतबार दुई रोमाञ्चक खेल हुनेछन्। पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे हैदरावादमा सुरु हुनेछ।

CP Hospital Dhangadhi

दोस्रो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ७:४५ बजे चेन्नईमा सुरु हुनेछ।

Attariya Hospital

आईपीएल २०२५ को उद्घाटन खेल शनिबार भएको थियो। उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो। बैंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर १७७ रन बनाउँदै लक्ष्य हासिल गरेको थियो।

nawajiwan

यस वर्षको आईपीएलमा रोमाञ्चक प्रतिस्पर्धाको सुरुवात भएको छ। प्रशंसकहरूले हैदरावाद र चेन्नईमा हुने खेलहरूको पनि बिस्तारै प्रतीक्षा गरिरहेका छन्।