
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा ९०० रुपैयाँ सस्तो

साताको पहिलो दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेर १ लाख ७४ हजार १०० रुपैयाँमा पुगेको छ। शुक्रबार यो मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ रहेको थियो।

चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ९८० रुपैयाँमा झरेको

छ।





























