अत्तरियाको ईम्जा पानीले हासिल गर्यो आईएसओ २२००० प्रमाणित मान्यता !

Image
Nisarga Hospital

कैलालीको गोदावरीस्थित एलएस वाटर तथा वेवरेज प्रालिको लोकप्रिय ब्राण्ड ईम्जा पानीले खाद्य सुरक्षा ब्यवस्थापन प्रणाली (Food Safety Management System) आईएसओ २२००० को प्रमाणित मान्यता प्राप्त गरेको छ। यसले ईम्जा पानीको गुणस्तर र सुरक्षामा अन्तर्राष्ट्रिय मानक पूरा गरेको प्रमाणित भएको हो।

CP Hospital Dhangadhi

कम्पनी म्यानेजर अनिलकुमार रावतले यो प्रमाणित मान्यताले उपभोक्ताहरुमा ईम्जा पानीप्रतिको विश्वास र सुरक्षा बढाउने बताए। उनले भने, “यसले हाम्रो उत्पादन प्रक्रियामा खाद्य सुरक्षाको अन्तर्राष्ट्रिय मानक पूरा गरेको देखाउँछ। उपभोक्ताहरुका लागि यो अझ सुरक्षित र विश्वसनीय छ।”

ईम्जा पानी ५०० एमएल, १ लिटर र क्लासिकल १ लिटरको प्याकेजमा बजारमा उपलब्ध छ। यसका साथै कम्पनीले विभिन्न प्रकारका जुस पनि बजारमा ल्याएको छ।

nawajiwan
Attariya Hospital

आईएसओ २२००० प्रमाणित मान्यता प्राप्त गरेपछि ईम्जा पानीले बजारमा अझ प्रतिस्पर्धात्मक रूपमा आफ्नो स्थान कायम गर्ने अपेक्षा छ। यसले न केवल उपभोक्ताहरुको विश्वास बढाउँछ, तर नेपाली बजारमा गुणस्तरयुक्त पेयजलको माग पूरा गर्न पनि मद्दत गर्नेछ।

कम्पनीले आफ्नो उत्पादन प्रक्रियामा निरन्तर सुधार गर्दै उपभोक्ताहरुको आवश्यकता अनुरूप गुणस्तरयुक्त उत्पादन प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।