एकीकृत समाजवादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा,५ सय प्रतिनिधि छनौट हुँदै

Image
Nisarga Hospital

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने भएको छ। सुशासन र रोजगारी, समाजवादको तयारी भन्ने नारा सहित प्रदेश अधिवेशन चैत १७ र १८ गते धनगढीमा गर्ने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।

CP Hospital Dhangadhi

उनले अधिवेशनका लागि ९ वटै जिल्लामा प्रतिनिधि छनोट गरिसकेको बताए। उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि मुल आयोजक कमिटि संगै विभिन्न समिति गठन गरिएका छन। सुदूरपश्चिम प्रदेशमा १७ हजार ६ सय ७९ जना संगठित सदस्य रहेको एकीकृत समाजबादीको प्रथम प्रदेश अधिवेशनमा झण्डै ५ सय जना सहभागी रहने अध्यक्ष सिंहले जानकारी दिए। अधिवेशनबाट प्रदेशका ९ वटै जिल्लाका जनसंगठन र आयोजक गरी ५ सय भन्दा बढी प्रतिनिधि छनौट गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा पार्टिका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश ईन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टिका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुषाललगायत पदाधिकारीको सहभागिता रहने जानकारी दिए। उनले देशमा शुसासनको समस्या रहेको बताए।

nawajiwan
Attariya Hospital

उपाध्यक्ष जोशीले देशमा धेरै निरासाको अवस्था नरहेको बताउँदै तर पनि देशमा निराशा देखिरहेको उल्लेख गरे। उनले भने, ‘शुसासन, बेरोजगारी, उत्पादन लगायतका समस्याले जनतामा आक्रोस छ, सबै दल मिलेर यिनको समाधान खोज्नुपर्छ।’

पूर्वमन्त्री समेत रहेका जोशीले अब राजनीतिक दलले नारामात्र दिएर नहुने कार्यक्रम नै दिनुपर्ने बताए । उनले आलोचना गरेर मात्र नहुने सत्ता पक्ष र बिपक्षी सबैले सहकार्य गरेर देश ब्यापी अभियान संचालन गर्न आवश्यक रहेको बताए। नेता जोशीले दुई ठुला दल अरु संग सहकार्य नगरि अघि बढिरहेका कारण समस्या बल्झिरहेको बताउँदै भने, ‘हाम्रो पार्टी बिपक्षमा रहेपनि राष्ट्रिय समस्या समाधानका लागि सहकार्य गर्न तयार छ।’

Advertize US