दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भुवन महरा र बम बहादुर विक भिड्दै

Image
Nisarga Hospital

अत्तरियाः  सुदूरपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व छिन्नभिन्न पार्न दुई प्रमुख गठबन्धनहरू मैदान उत्रिएका छन्। अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको मतदान केन्द्रमा संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्ना उम्मेदवारी दर्ता गरी प्रचार प्रसारमा ब्यस्त देखिन्छन ।

CP Hospital Dhangadhi

 
संयुक्त अखिलले पाँच विद्यार्थी संगठनको ताकत समेटेर बम बहादुर विकलाई सभापतिको उम्मेदवार बनाएको छ भने नेविसंघले अनुभवी नेता भुवन महरालाई नेतृत्वलाई पुनः टिकट दिई दोहोर्याउदै दाउमा लागेका छन । दुवै पक्षले आफ्नो टिमलाई विविधतापूर्ण बनाउने प्रयास गरेका छन्।

Attariya Hospital

 

nawajiwan
  • नेविसंघ:
    • सभापति: भुवन महरा (पूर्व स्ववियु अध्यक्ष)
    • सचिव: ज्योति शाहु
    • कोषाध्यक्ष: सोनिया शाह

  • संयुक्त अखिल:
    • सभापति: बम बहादुर विक (पूर्व स्ववियु सचिव)
    • सचिव: गणेश नाथ योगी
    • कोषाध्यक्ष: दीपिका भट्ट

चुनावी समीकरण
• १,१२८ जना मतदाता
• चैत २७ मा निर्णायक मतदान
• दुवै पक्षका पूर्व नेतृत्व अनुभव

सुदूरपश्चिम विश्वविद्यालय प्रशासनले निर्वाचनलाई निष्पक्ष बनाउन विशेष तयारी गरेको छ। यस निर्वाचनले विश्वविद्यालयको भविष्यको नीति निर्धारण गर्नेछ।

 
नेविसंघले अनुभव र संयुक्त अखिलले युवा उर्जालाई बढावा दिन खोजेको देखिन्छ। चुनाव नतिजाले विश्वविद्यालयको राजनीतिक दिशा निर्धारण गर्नेछ।

Advertize US