
अत्तरियाः अत्तरिया मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ आज विविध कार्यक्रम गरि ६८ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा कैलालीको अत्तरियामा ¥यालीको आयोजना गरिएको छ ।


गोदावरी नगरपालिका सहकारी शाखाको आयोजनामा गोदावरी नगरपालिकाभित्र सञ्चालीत सहकारीहरुले अत्तरिया बजार क्षेत्रमा ¥याली निकालेका हुन् ।

र्यालीमा सहकारी सञ्चालक समितिका पदाधिकारी,सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको छ ।

सहकारी अभियानको सबैभन्दा ठूलो पर्वको रुपमा लिईने राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभर नै केन्द्रीय निकायका साथै सहकारी विभागले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

६७ वर्ष अघि अर्थात् २०१३ सालमा चैत २० गतेका दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ ।

स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता तथा अगुवा मानिन्छ ।

































