आजका लागि देशभरको मौसमी अवस्था र पूर्वानुमान कस्तो छ त ? जानकारी लिनुहोस

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतः सफा रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ।

आज दिउँसोको पूर्वानुमान:

  • कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने।
  • बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने।
  • कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना।

आज रातिको पूर्वानुमान:

  • कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने।
  • बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने।

आज सूर्योदय बिहान ५:५२ मा भएको छ भने सूर्यास्त साँझ ६:२२ मा हुनेछ।