जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता, पद बाँडफाँडमा सहमति

Image
Nisarga Hospital

जनमत पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकता प्रक्रिया टुंगोमा पुगेको छ। आइतबार बर्दियाको मधुवन नगरपालिका–८ अमरपुरमा बसेको एकता कार्यदलको बैठकले एकतासम्बन्धी सबै प्रमुख विषयमा सहमति जुटाएको हो।

CP Hospital Dhangadhi

बैठकमा एकतापछि पार्टीको संरचना, नेताहरूको भूमिका, पार्टीको नाम र चुनाव चिन्हबारे सहमति भएको जनाइएको छ। सहमति अनुसार, एकीकृत पार्टीका संरक्षक रेशम चौधरी हुनेछन्। कार्यकारी अध्यक्षको जिम्मेवारी सिके राउतले सम्हाल्नेछन भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई तेस्रो वरियतामा राखिनेछ। यसबारे नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गा नारायण चौधरीले जानकारी दिए।

Attariya Hospital

चुनाव चिन्हका रूपमा जनमत पार्टीको ‘ढोकिया’ चिन्हलाई अपनाइने र पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राखिने पनि निर्णय गरिएको छ। तर, बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने सहभागी नभएको बताइएको छ।

nawajiwan