अछामको जयगढ आगलागीपीडितका लागि राहतसहित सामाजिक विकास मन्त्री खड्का अछामतर्फ

Image
Nisarga Hospital

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीपछि सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्दार कार्यमा सक्रियता देखाएको छ।

CP Hospital Dhangadhi

प्रारम्भिक क्षतिको मूल्याङ्कनका आधारमा प्रदेश विपद् व्यवस्थापन कोषबाट तत्कालका लागि ५० लाख रुपैयाँ राहतस्वरूप बान्नीगढी जयगढ गाउँपालिकालाई प्रदान गर्ने निर्णय गरिएको छ।

यससँगै प्रभावित परिवारलाई तत्काल राहत पु‍र्‍याउने, विस्तृत क्षति मूल्याङ्कन गर्ने र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक योजना निर्माणको तयारी समेत अघि बढाइएको छ।

nawajiwan
Attariya Hospital

सामाजिक विकास मन्त्री मेघराज खड्का घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन्। उनले स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सुरक्षाकर्मीहरूसँग समन्वय गर्दै राहत तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन प्रयास गर्ने बताइएको छ।

मन्त्री खड्काको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो दुःखद घडीमा सबै राजनीतिक दल, समाजसेवी, युवा, स्वयंसेवक तथा आम जनसमुदायलाई विपद् व्यवस्थापनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौं।”

आगलागीबाट दर्जनौं घर र पसलमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। विस्तृत विवरण संकलनको काम जारी छ भने पीडितको तत्काल आवश्यकताका लागि स्थानीय र प्रदेश सरकारबीच समन्वय तीव्र पारिएको छ।

# ट्रेण्डिङ