कैलाली बहुमुखी क्याम्पस स्ववियु निर्वाचन: १५५४ मत गणनामा नेविसंघका सन्तोष पन्तको अग्रता कायमै

Image
Nisarga Hospital

अत्तरिया: कैलाली बहुमुखी क्याम्पस (KMC) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको १,५५४ मत गन्दा नेविसंघका अध्यक्ष पदका उम्मेदवार सन्तोष पन्तले अग्रता कायम राखेका छन्।

CP Hospital Dhangadhi

अध्यक्ष पदमा सन्तोष पन्त (नेविसंघ) ले ६२९ मत प्राप्त गर्दै अगाडि छन्। उनीपछि पवन सुनार (अखिल क्रान्तिकारी) ४०४ मतसहित दोस्रो स्थानमा छन् भने यमराज जोशी (अनेरास्ववियु) ले ३३६ मत प्राप्त गरेका छन्। अम्विका चौधरी (विद्यार्थी एकता समूह) ७० र सुनिलराज जोशी (अनेरास्ववियू) ५६ मतसहित पछाडि छन्।

सचिव पदमा पनि नेविसंघका ओमप्रकाश वस्तीले ५२३ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका प्रतिस्पर्धीहरूमा किरनप्रकाश उपाध्याय (अनेरास्ववियु) ३८७, लोकेन्द्र चौधरी (क्रान्तिकारी) ३४६, खगेन्द्र अवस्थी (अनेरास्ववियू) ९०, लवदेव धामी (प्राज्ञिक परिषद्) ५१ र किशोर जोशी (स्वतन्त्र) ले ५१ मत प्राप्त गरेका छन्।

nawajiwan
Attariya Hospital

कोषाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको छ। धर्मराज तिमिल्सिना (क्रान्तिकारी) ले ४५६ मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने प्रमिला शाह (नेविसंघ) ४४९ मतसहित निकट प्रतिस्पर्धामा देखिएकी छन्। प्रकाश भट्ट (अनेरास्ववियु) ३८३, अंगीता चौधरी (अनेरास्ववियू) १३२ र खेमराज भट्टराई (विद्यार्थी एकता समूह) २९ मतसहित पछि छन्।

निर्वाचन परिणाम क्रमशः सार्वजनिक हुँदै गइरहेको छ।

Advertize US