देशभर प्री–मनसुन सुरु भएसँगै चट्याङको जोखिम बढ्दै, तीन दिनमा चट्याङबाटै आठ जनाको मृत्यु, २८ जना घाईते

Image
Nisarga Hospital

प्री–मनसुन सक्रिय भएसँगै चट्याङका घटनामा उल्लेखनीय वृद्धि भएको छ। चैत २७ गतेयता देशका विभिन्न भागमा चट्याङका कारण आठ जनाको ज्यान गइसकेको छ भने पछिल्लो तीन दिनभित्र मात्र २८ जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रवक्ता रामबहादुर केसीका अनुसार चालु वर्षको वैशाखदेखि चैत २८ सम्म चट्याङका कारण ७८ जनाको ज्यान गएको छ। यस अवधिमा ३०९ जना चट्याङबाट घाइते भएका छन् भने करिब ५५६ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। प्राधिकरणले यस्ता घटनाबाट भएको अनुमानित क्षति झण्डै १ करोड ४३ लाख रुपैयाँ रहेको जनाएको छ।

चट्याङजन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि अभियानलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्री–मनसुनको समयमा वायुमण्डलीय अवस्था परिवर्तनशील हुने भएकाले चट्याङ पर्न सक्ने सम्भावना बढी हुन्छ।

nawajiwan
Attariya Hospital

उनका अनुसार वर्षा हुने संकेत देखिएपछि खेतबारी, खुला स्थान वा यात्रा नगर्नु नै सुरक्षित उपाय हो। साथै, घरभित्र रहँदा बिजुलीका उपकरणहरू प्रयोग नगर्न, इन्टरनेट, टेलिभिजन, मोबाइल जस्ता उपकरण बन्द गरेर सुरक्षित बस्नुपर्ने उनले सुझाइन्।

खुला स्थानमा रहँदा रुख वा बिजुलीका पोलमुनि नबस्न, गाडीभित्र भए त्यहीँ रहनु, अन्यथा घुँडा टेकेर हातले टाउको छोपेर बस्नुपर्ने सुझाव पनि उनले दिइन्। झ्याल वा ढोकाबाट बाहिर नहेर्ने र मोबाइलबाट आकाशको तस्बिर नखिच्ने सावधानी समेत अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

Advertize US