काठमाण्डौंमा शिक्षकहरुको आन्दोलन चर्किरहदा शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Image
Nisarga Hospital

शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

भट्टराईले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ। यद्यपि, राजीनामाको स्पष्ट कारण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

उनको राजीनामा शिक्षक आन्दोलन चर्किरहेकै समयमा आएको हो। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंमा केन्द्रित आन्दोलन जारी राखेका छन्। शिक्षामन्त्री, सभामुख र प्रधानमन्त्रीसँग भएको छलफलहरूबाट पनि कुनै ठोस निष्कर्ष ननिस्किएपछि शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएको चर्चा गरिएको छ।

शिक्षकहरूको आन्दोलन अझै यथावत् छ। उनीहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन्। आन्दोलनमा सहभागी एक शिक्षकका अनुसार वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा पनि शिक्षकहरूको सहभागिता नहुने सम्भावना छ, जसले परीक्षाको व्यवस्थापनमा असर पार्ने संकेत देखिएको छ।

# ट्रेण्डिङ