महादेव दमाइलाई बचाउन रमेश भट्टराईद्वारा अभियान सञ्चालन

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–३ का स्थानीय महादेव दमाइलाई बचाउन अभियान सुरु गरिएको छ। नेपाल तरुण दल गोदावरी नगरका सभापति रमेश भट्टराईले महादेव दमाइको उपचारका लागि व्यक्तिगत पहल गर्दै अभियान थालेका हुन्।

CP Hospital Dhangadhi

भट्टराईले अभियानको शुरुआत गर्दै ५ हजार रुपैयाँको व्यक्तिगत सहयोग पनि गरेका छन्। उनले भने, “मुटुमा समस्या देखिएपछि उहाँको आर्थिक अवस्था एकदमै नाजुक छ। मानिस भइन्छ, तर अरूसँग सहयोग गर्ने समय आउँछ भन्ने विश्वासका साथ मैले यो अभियान सुरु गरेको हुँ। सबैले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा छ।”

Attariya Hospital

यसअघि, भट्टराईले गोदावरी नगरपालिका–१० का ४६ वर्षीय खेमराज जोशीलाई बचाउन पनि अभियान सञ्चालन गरेका थिए। आर्थिक अवस्था कमजोर भएका जोशीलाई बचाउनका लागि चलाइएको अभियानबाट जुटेको रकमले अहिले उनको भारतको सतारगञ्जमा उपचार भइरहेको छ, भट्टराईले बताए।

nawajiwan

सामाजिक उत्तरदायित्व र मानवता प्रति भट्टराईको प्रतिबद्धताले यस अभियानलाई थप सशक्त बनाएको छ। यस किसिमका अभियानहरूले समाजमा सहयोग र सहकार्यको भावना फैलाउन मद्दत पुर्याउने आशा गरिएको छ।