धनगढीका लेखक विवेक पाण्डेद्वारा लेखिएको फिल्मको स्क्रिप्ट तयार हुन ६ वर्ष लाग्यो

Image
Nisarga Hospital

काठमाडौं: लेखक तथा निर्देशक विवेक पाण्डेले सन् २०१८ मा एउटा आइडिया बाट सुरु गरेको फिल्मको स्क्रिप्ट तयार हुन ६ वर्ष लागेको छ। हालसम्म ४४ वटा ड्राफ्ट परिवर्तन गरी अन्तिम स्क्रिप्ट तयार गरिएको जानकारी दिइएको छ।

CP Hospital Dhangadhi

विवेक पाण्डेले फिल्म निर्देशनमा स्नातक अध्ययन सम्पन्न गरेका छन्। उनको निर्देशनमा बन्ने यो फिल्म मध्यम बजेटको हुनेछ। फिल्मको कलाकार छनोट आगामी असारको पहिलो साताबाट सुरु हुने जानकारी निर्माण टिमले दिएको छ।फिल्म लाई रुपेश थापा ले छायांकन गर्ने छन्.

यो फिल्म लेखक विवेक पाण्डेसँगै किशोर भट्टाले समेत सह-लेखन गरेका छन्। किशोर भट्टा सह-निर्देशक तथा कास्टिङ निर्देशकको भूमिकामा पनि रहनेछन्।

nawajiwan
Attariya Hospital

फिल्मको पहिलो टाइटल घोषणा चाँडै गरिने तयारी गरिएको छ। निर्देशक विवेक पाण्डेका अनुसार फिल्मको ९० प्रतिशत कलाकार नयाँ अनुहार हुनेछन्।

उत्साहजनक तयारीसहित अघि बढिरहेको यो परियोजना नेपाली फिल्म क्षेत्रको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।जानकी देवी प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ भाद्र १५ गतेबाट सुरु गरिनेछ। यस अघि ‘अमेरिका Boys’ र ‘लप्पन छप्पन २’ मा फिल्म लेखकको रूपमा काम गरेका छन् र मुख्य सहायक –निर्देशक भएर पनि चलचित्रमा काम गरेका छन्।अब उनको निर्देशन मा बन्ने फिल्मको शीर्षक र पोस्टर छिट्टै सार्वजनिक गरिनेछ। जसको तयारी मा निर्माण टिम जुटेका छन् /